पाँचतलाबाट हाम फालेका धनगढीका व्यवसायी अग्रवालको निधन

२०८० माघ १०, बुधबार

काठमाडौं : धनगढीमा पाँच तले घरको छतबाट हाम फालेका व्यवसायीको निधन भएको छ । छतबाट हाम फालेका धनगढी उपमहानगरपालिका–४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार छतबाट हाम फालेका अग्रवालको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पारिवारिक विवादका कारण उनले बुधवार विहान करिब साढे ११ बजेतिर हाम फालेको बुझिएपनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार