चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने

२०८० माघ ११, बिहीबार

काठमाडौं : नेपाली चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने भएको छ ।

बुधवार बोर्डको वेबसाइट मार्फत एक सूचना जारी गर्दै १५ दिन भित्रमा आवेदन माग गरिएको बोर्डले जनाएको छ । बोर्डको चालू आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार २०८० माघ २९ गतेदेखि फागुन ४ गतेसम्म कार्यशाला सञ्चालन हुन लागेको हो ।

कार्यशालामा सहभागी हुन इच्छुकले बोर्डबाट उपलब्ध गराइएको फारम भरी माघ २५ गतेसम्ममा बोर्डको कार्यालय वा इमेल ([email protected]) मार्फत आवेदन पेस गर्न सकिनेछ । कार्यशालामा सहभागी हुन पहिलो दर्ता हुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिइने बताइएको छ ।

कार्यशालाबारे विस्तृत जानकारी केही दिनमा सार्वजनिक गरिने कार्यशाला संयोजक तथा बोर्ड सदस्य राजु केसीले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार