ऋतिक रोशनको फिल्म ‘फाइटर’ प्रदर्शन (भिडियो)

२०८० माघ ११, बिहीबार

काठमाडौं : आज बिहीबार नेपाली हलमा बलिउड अभिनेता ऋतिक रोशन अभिनीत फिल्म ‘फाइटर’ प्रदर्शनमा आएको छ। प्राय फिल्म शुक्रबार प्रदर्शन गरिन्छ। तर यो फिल्म बिहीबार नै प्रदर्शनमा आएको हो।

सिद्धार्थ आनन्द निर्देशित फिल्ममा ऋतिक रोशनसँगै दीपिका पादुकोण र अनिल कपूरको मुख्य भूमिका छ। उनीहरू स्क्वाड्रन लिडरको भूमिकामा देखिएका छन्। फिल्ममा ऋतिक ‘पैटी’, दीपिका ‘मिन्नी’ र अनिल कपूर ‘रकी’ पात्रको भूमिकामा देखिनेछन्।

यो फिल्म देशभक्ति भावनामा आधारित छ। फिल्ममा ४० भारतीय सेनामाथि आतंकवादी हमलापछि त्यसको बदला लिन भारतले गरेको हवाई आक्रमणलाई देखाइएको छ। यस फिल्मलाई बलिउडको पहिलो एरियल एक्सन फिल्म भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार