काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

२०८० माघ १२, शुक्रबार

काठमाडौँ : काठमाडौँमा यस वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेपछि अघिल्ला दिनको तुलनामा बढी चिसो भएको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । जुन यो वर्षको हिउँद याममा अहिलेसम्मकै कम तापक्रम मापन हो ।

शुक्रबार बिहान पौने ६ बजे भने काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । यसअघि माघ ८ गते साँझ काठमाडौँको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस मापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार