सुन–चाँदीको मूल्य स्थिर

२०८० माघ १२, शुक्रबार

काठमाडौं : शुक्रबार सुन–चाँदीको मूल्य स्थिर छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भएको सुन शुक्रबार पनि सोही मूल्य कायम गरिएको छ।

आज तेजावी सुन भने प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य पनि स्थिर छ।

बिहीबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार