भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८० माघ १२, शुक्रबार

काठमाडौं : भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बिहीबार राति ९ बजेर २० मिनेटमा भक्तपुरको मध्यपुरथिमी नगरपालिका-४ मा राधेराधे जाँदै गरेको बा ३ क १७४५ नम्बरको टिपरले काठमाडौंबाट भक्तपुर जाँदै गरेको बाग्मती प्रदेश ०२- ०३५ प ८०८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

भक्तपुरका प्रहरी प्रवक्ता डिएसपी बसन्त पन्तका अनुसार टिपरको ठक्करबाट मोटरसाइकल चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ का ४३ वर्षीय उद्वव प्रसाद नेपाल गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि मध्यपुर अस्पताल लगेकोमा राति ९:५३ बजे डाक्टरले मृत घोषणा गरेको थियो। टिपर चालक मकवानपुरको मनहरी गाउँपालिका-१ घर भइ काठमाडौंको बौद्ध बस्ने ३५ वर्षीय बोलमान वाइबालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डिएसपी पाठकले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार