रुसी सेनामा भर्ती भएर फर्किएका युवा अस्पताल भर्ना

२०८० माघ १२, शुक्रबार

काठमाडौं : रुसी सेनामा भर्ती भई गोली लागेका एक युवक शुक्रबार नेपाल आइपुगेका छन् ।

यात्रामा स्वास्थ्य समस्या देखिएपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधैँ अस्पताल ल्याइएको टिचिङ अस्पताल स्रोतले बताएको छ ।रुस–युक्रेन युद्धमा खटिएका कैलालीका २४ वर्षीय युवकको बायाँ हात र दायाँ खुट्टामा गोली लागेको थियो । रुसकै अस्पतालमा गोली निकालिएका उनको घाउ निको भइसकेको छ । तर, यात्राका क्रममा स्वास्थ्य समस्या देखिएपछि अस्पताल ल्याइएको अस्पतालका एक अधिकारीले बताए ।

नेपाली दूतावासको पहलमा नेपाल आएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि ती अधिकारीले बताए । युवक दलालमार्फत् गत मंसिर ४ गते रुसतर्फ गएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार