कुवेत हिँडेका दुई महिलाको भारतबाट उद्धार

२०८० माघ २०, शनिबार

बुटवल : वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिने भन्दै दलालमार्फत भारतको दिल्लीमा अलपत्र परेका दुई महिलाको उद्धार गरी अभिभावको जिम्मा लगाइएको छ ।

मानव कल्याण मित्र मञ्च नेपालले प्रवासी नेपाली मित्रमंचको सहयोगमा उद्धार गरी नेपाल ल्याइएका चितवनकी सविता गुरुङ र झापाकी देवी विश्वकर्मालाइ घरपरिवारलाई बुझाएको हो । भारतमा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको प्रवासी नेपाली मित्र मञ्च र हेल्थ नेपाल मिसन दिल्लीको सहयोगमा अलपत्र परेका महिलालाई उद्धार गरिएको मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताए।

कुवेत जानभनी हिँडेका दुई महिला  दुई सातादेखि भारतको एक घरमा बन्दी गरी राखिएकाको  उद्धार गरी नेपाल ल्याएको   प्रवासी नेपाली मित्र मञ्चका प्रतिनिधि मनीषा ढकाल र नारायण शर्माले बताए । भारतको दिल्लीबाट उद्धार गरिएका दुवै महिलालाई शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिनिधि रसञ्चारकर्मीको रोहबरमा महिलाका श्रीमानलाई  बुझाइएको हो ।

उक्त कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लहलहैमा लागेर वैदेशिक रोजगारीमा नजान आग्रह गरे । कुवेत पटाउँछु भनेर भारत पुराएर महिलालाई अलपत्र पार्ने दलाललाई कारबाही हुने बताउँदै दबाबमा मिलापत्र नगर्न पीडित पक्षलाई प्रमुख जिल्ला अधिकारी अर्यालले आग्रह गरे। कानुन विपरीत वैदेशिक रोजगारमा पठाउनेहरुलाई कारबाही हुने बताउँदै सभ्य सभाज विरुद्धको अपराध गर्नेलाई कारबाहीका लागि प्रशासनलाई सबै क्षेत्रको साथ सहयोग चाहिने उनले  बताए ।

मानव कल्याण मित्र मञ्च सहसचिव तीर्थराज पौडेलको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै मञ्चका संरक्षक पुरुषोत्तम भट्टराईले बेरोजगारीको फाइदा उठाउने गलत मनसाय राख्नेहरुलाई कारबाही गर्न राज्यसँग माग गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार