मलाई लागेका आरोपको जवाफ दिएर साध्य हुँदैन : रवि लामिछाने

२०८० माघ २०, शनिबार

अर्घाखाँची : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता देखाउन सरकारलाई चुनौती दिएका छन्।

शनिबार बिहान अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा आएका प्रश्नहरूको जवाफमा पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेले आफूविरुद्ध छानबिन गरेर दोषी प्रमाणित गर्न सरकार तथा सम्बन्धित निकाय स्वतन्त्र रहेको बताएका हुन्। ‘मलाई लागेका आरोपको जवाफ दिएर साध्य हुँदैन’, लामिछानेले भने, ‘छानबिन गरे हुन्छ सम्बन्धित निकायले, दोषी देखिए कारबाही गरे हुन्छ।’

आरोप लाग्दैमा प्रमाणित भएजसरी बुझ्ने परिपाटी भएको टिप्पणी गर्दै लामिछानेले भने, ‘रास्वपा यस्ता आरोपबाट डराउँदैन।’ सहकारीका विषयमा आएका समाचारबारे आफूले पत्रकार सम्मेलन गरेर तथा सामाजिक सञ्जालमार्फत प्रस्ट पारिसकेको दाबी पनि उनले गरे।रास्वपाको टोली अहिले अर्घाखाँचीमा घरदैलो गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार