आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनामा महानगरको डोजर

२०८० माघ २१, आईतवार

काठमाडौं : सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको महानगर प्रहरीले जनाएको छ । वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन सुरु गरिएको महानगर प्रहरीले जनाएको छ । नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले १४ वटा टहरा भत्काइरहेको जानकारी दिए ।

‘अनधिृकत रुपमा सार्वजनिक जग्गा हडपेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएका हौं । अनधिकृत रूपमा वषौंदेखि यस स्थानलाई कब्जा गरेर मानिस बसेका रहेछन् । भौतिक संरचना बनाएर भाडामा समेत लगाएको पायौं,’ अर्यालले भने ।अस्थायी संरचनामा बस्ने व्यक्तिहरूले प्रयोग गर्दै आइरहेका भान्छाका सामान, फर्निचर लगायत सामानहरु हटाएर डोजर चलाउने काम भएको अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार