संखुवासभा पावरले आईपीओ निष्कासन गर्ने,बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

२०८० माघ २१, आईतवार

काठमाण्डौ : संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २५ प्रतिशत अर्थात रु.१०० अंकित दरका २५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका एनआईसी एशिया क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यससम्बन्धि कम्पनी र क्याटिलबीच आईडिया टु आईपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता भएको छ ।  उक्त सम्झौता पत्रमा निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी र कम्पनीका तर्फबाट अध्यक्ष सौरभ अर्यालले हस्ताक्षर गरेका छन् ।

संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले संखुवासभा जिल्ला स्थित सभाखोलामा दुईवटा जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । जसमध्ये ९.४१२ मेगावाटको सुपर सभाखोला जलविद्युत आयोजना र ४.१ मेगावटको सुपर सभाखोला साना जलविद्युत आयोजना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार