सन नेपाल लाईफ इन्स्योरेन्सको नाफा ७.२२ प्रतिशतले घट्यो

२०८० माघ २१, आईतवार

काठमाडौं : सन नेपाल लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले दोस्रो त्रैमासमा खुद नाफा ३२ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ७.२२ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले ३५ करोड ३९ लाख ९७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो। कम्पनीले समिक्षा अवधिमा १ अर्ब ७७ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ९.४३ प्रतिशतले कम हो। गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ९६ करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ४३ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा यो रकम २५ करोड २५ लाख रुपैयाँमा सीमित थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीले ५४ करोड ६५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३७ करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

कम्पनीको कुल खर्च १ अर्ब ७१ करोड ७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको कुल खर्च १ अर्ब ५० करोड करोड ३ लाख रुपैयाँ थियो।त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ लाख ३० हजार २०४ वटा पोलिसी जारी गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले २ लाख ४५ हजार ७५१ वटा पोलिसी जारी गरेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी २०.५२, नेटवर्थ १८७.०४, पीई रेशियो २८.०९ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३९९.८१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार