मकवानपुर : मकवानपुरको बकैया गाउँपालिकामा बाघको आक्रमणबाट १९ वटा खसीबाख्रा मरेका छ्न्। बकैया गाउँपालिका–६ स्थित सुधामा बाघको आक्रमणबाट स्थानीय तीन कृषकका १९ वटा बाख्रा र खसी मरेको हो।
आइतबार घर नजिकै पाखामा चराउन छोडेको समयमा बागले आक्रमण गरेको वडाध्यक्ष फूलमान भोम्जनले जानकारी दिए। उनकाअनुसार स्थानीय डम्बर बहादुर बोम्जमको ११ वटा खसीबाख्रा बाघले मारेको छ भने सोही ठाउँकी कान्छिमाया भोम्जमको ५ र गंगाराज भोम्जमको ३ वटा बाख्रा बाघले मारेको अवस्थामा फेला परेको हो।
‘घर नजिकैको पाखामा चरनका लागि छोड्ने गरेको थिए’ वडाध्यक्ष भोम्जनले भने, ‘सोही बेलामा बाघले तीन घरको १९ वटा बाख्रा र खसी मारेछ। सबै बाख्राहरुको गर्धनमा आक्रमण भएको पाइएको छ।’ जसबाट किसानहरुको लाखौं रूपैयाँ बराबरको क्षति भएको उनले बताए। बाघको आक्रमणबाट हालसम्म मानवीय क्षति भने नभएको वडाध्यक्ष भोम्जनले जानकारी दिए।





