माओवादीको केन्द्रीय समिति बैठक आज पनि

२०८० माघ २९, सोमबार

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। काठमाडौंको भृकुटीमण्डमा आइतबारदेखि सुरू भएको केन्द्रीय कमिटीको बैठक आज पनि बिहान ११ बजेदेखि सुरू हुनेछ।

केन्द्रीय कमिटी बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा र भोलिदेखि सुरू हुने विधान सम्मेलनबारे छलफल मुख्य एजेन्डा राखिएको छ। आइतबार प्रदेश इन्चार्जहरूले विशेष रूपान्तरण अभियानको रिपोर्ट प्रस्तुत गरेका थिए। बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार