इन्दिरा जोशीको ‘क्यारी भेटुम’ सार्वजनिक (भिडिओ)

२०८० फाल्गुन १, मंगलवार

काठमाडौं : गायिका इन्दिरा जोशीले नयाँ गीत सार्वजनिक गरेकी छन्। सोमबार उनले आफ्नै युट्युब च्यानलमार्फत ‘क्यारी भेटुम’ बोलको गीत सार्वजनिक गरेकी हुन्। स्वरमा उनलाई राजनराज शिवाकोटीले साथ दिएका छन्।

राजेन्द्र थापाको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत छ। रोमान्टिक गीतको भिडिओमा इन्दिरा जोशी र प्रभात पल ठकुरीलाई देख्न सकिन्छ। विकास प्रसाईको निर्देशन र सम्पादन रहेको म्युजिक भिडिओमा राजिव समरको कोरियोग्राफी छ। गीतको भिडिओलाई राम केसीले खिचेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार