दक्षिण कोरियाली राजदूत योङद्वारा किसानलाई उन्नत जातको बाच्छी प्रदान

२०८० फाल्गुन १, मंगलवार

सिन्धुली : दक्षिण कोरियाका राजदूत पार्कटाइ योङले होलस्टिन गाईको ७ दिने बाच्छी कमलामाइ नगरपालिका ५ दमारकी उमा सुवेदीलाई मंगलबार उपहारस्वरुप प्रदान गरेका छन् । कोरिया सरकारले नेपाललाई हस्तान्तरण गरि कमलामाइ नगरपालिकामा पठाएको ८० वटा गाईमध्ये सोही वडा गैंयाँटारकी गुणकुमारी अधिकारीले पालन गरेको माली गाई ब्याएपछि बाच्छी समूहका सदस्यलाइ हस्तान्तरण गरिएको हो । गाई पालनका लागि १०९ जना किसान समूहमा आबद्ध भएका छन् । किसान सुवेदीले उपहारमा पाएको बाच्छी भने माउबाट छुटाएर लैजान पाँच महिना कुर्नुपर्ने हुन्छ ।

पहिलो चरणमा ५१ जना किसानले गाई पाएकोमा तीबाट जन्मिने बाच्छीहरु क्रमश: किसानलाई हस्तान्तरण गर्दै जानुपर्ने नियम छ । राजदूत योङले नेपाल–दक्षिण कोरियाबीच सम्बन्ध भएको ५० वर्ष पुगेको उपलक्ष्यमा गैयाँटार, दमार, राजपानी, ढकालगाउँलाई कोरिया–नेपाल मोडेल डेरी भिलेज नामाकारण गरिएको प्रतिमाको समेत अनावरण गरेका थिए ।

दक्षिण कोरिया सरकारले मिल्क वे परियोजना अर्न्तगत कमलामाई नगरपालिकालाई उन्नत जातका ८० वटा होलस्टिन गाई उपहार स्वरुप प्रदान गरेको थियो । होलस्टिन गाईबाट दुधमा कमलामाइ नगरपालिका आत्मनिर्भर मात्र नभएर निर्यात गर्न सक्ने हुने आफूले विश्वास लिएको राजदूत योङले बताएका छन् । नेपाल अहिले भएका गाई ब्याएपछि थारो नहुन्जेल दुइहजार ८ सय लिटर दुध दिने तर होलस्टिनले १० हजार लिटर दिने भएकाले नश्ल सुधारमा जोड दिनुपर्ने खाँचो औंल्याइयो । सिन्धुलीको कमलामाइ नगरपालिका ५ फोस्रेटारमा मंगलबार दक्षिण कोरियाका राजदुतलाइ स्वागत गर्दै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार