शरणार्थी शिविरमा ८ महिने बालकको हत्या, दुईजना पक्राउ

२०८० फाल्गुन १, मंगलवार

झापा : झापाको दमक नगरपालिका-३ बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा ८ महिने बालकको हत्या भएको  छ। शिविरको सेक्टर बी४ हट ४३२ मा बस्ने ५० वर्षीय पञ्चवीर घिसिङको घरमा आश्रय लिएर बसेका २५ वर्षीया सुष्मिता बिश्वाको ८ महिनाको छोरा एरित ओलीको सोमबार हत्या भएको हो।

प्रहरीका अनुसार एरितलाई पञ्चवीरले पछारेका थिए। पछारेपछि अचेत बनेका बालकलाई उपचारका लागि दमक अस्पताल पठाएको र त्यहाँ इसीजी नभएका कारण दमकमै रहेको किओच बाल अस्पताल पठाइएको थियो। त्यहाँ लैजाने बितिक्कै अस्पतालले मृत घोषणा गरेको थियो। बालकको शव शवगृहमा राखिएको छ।

पञ्चवीर र सुष्मिताले बालको हत्या गरेको आशंकामा दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनाले मादक पदार्थ सेवनका गरेका थिए। उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार