प्रेमको नाटक गर्नेप्रति समीक्षाको कटाक्ष

२०८० फाल्गुन २, बुधबार

काठमाडौँ : पछिल्लो समय विश्वभरी नै ‘भ्यालेन्टाइन डे’ लाई युवायुवतीले विशेष दिनको रुपमा मनाउने प्रचलन बढ्दै गएको छ। विशेषगरी युवा युवतीले आफूलाई मन परेको मान्छेसँग प्रेम व्यक्त गर्ने दिनको रुपमा यो दिनलाई सम्झन्छन्।

यसै सन्दर्भमा चर्चित गायिका समीक्षा अधिकारीले भ्यालेन्टाइने डेको दिन प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल्नेहरुलाई व्यंग्य गरेकी छन्। सामाजिक सञ्जालमार्फत् उनले इमानदार जोडीलाई प्रेम व्यक्त गर्न भ्यालेन्टाइन डे जरुरी नपर्ने पनि बताएकी छन्।

‘प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरुलाई पनि प्रेम दिबसको धेरै-धेरै शुभकामना!’ अधिकारीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मनदेखि सच्चा, सफा र इमान्दार माया गर्ने जोडिहरुको लागि त ३६५ दिन नै प्रेम दिवस हो!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार