गरिब र विपन्नहरुले उपचार पाउनेक्रम बढेको छ : स्वास्थ्यमन्त्री बस्नेत

२०८० फाल्गुन २, बुधबार

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गरिब र विपन्नहरुले उपचार पाउनेक्रम बढिरहेको दाबी गरेका छन् ।परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल सेवा विस्तार तथा अध्ययन अनुसन्धान भवन उद्घाटन समारोहमा मन्त्री बस्नेतले यस्तो बताएका हुन् । मन्त्री बस्नेतले अबका दिनमा कोही पनि नेपालीहरु पैसा नभएको र गरिब भएकै कारण स्वास्थ्य उपचार नपाएर कोही नेपालीलाई मर्नु नपर्ने बताए । संविधानमा लेखिएका नागरिकका मौलिक अधिकारलाई सुनिश्चित गर्न आवश्यक रहेको भन्दै उनले संविधानको त्यस्तो प्रतिवद्धता पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

‘निःशुल्क उपचार गरिदिनुपर्‍यो भन्नेकुरा नेतादेखि लिएर धेरै खालका मानिसले भन्न आउँछन् । निःशुल्क कसरी गर्ने ? त्यसका लागि चाहिने उपकरण, अरु खर्च कसरी धान्ने र त्यो अस्पतालमा त्यो रकम छ की छैन? त्यो खालको सुविधा दिनलाई भन्नेमा साँच्चै भन्दा अमुक छ,’ उनले भने, ‘तर संविधानमा लेखिसक्यौँ, शिक्षा र स्वास्थ्य नेपाली नागरिकहरुको मौलिक अधिकार हो । भाषण गर्दा हामी थाक्दैनौँ । तर त्यो कसरी गर्ने भन्ने थाहा छैन ।’

उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अस्पतालहरुले गरिब जनताले समेत उपचार पाउने बातावरण सुनिश्चित गर्न पहल गरेको बताए । ‘अहिले सातै वटा प्रदेशमा स्थानीय सरकार, प्रादेशिक सरकार र संघ सरकारको पहलमा धेरै कार्यक्रमहरु भइरहेका छन्। प्रादेशिक अस्पतालका जनरल बेडहरु सबै निःशुल्क भएका छन्,’ उनले भने, ‘अहिले विपन्नहरुले उपचार पाउने क्रम अलि बढिरहेको छ । ‘मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्य नेपाली नागरिकहरुको मौलिक अधिकार भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार