काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी र नातिनीहरुसहित केही दिनयता चितवनमा छन् ।
उनी चितवनस्थित सोल्टी होटलमा बस्दै आएका छन् भने त्यहाँबाट राजवादीसँग भेटघाटका साथै विभिन्न मन्दिर र धार्मिकस्थलहरुको भ्रमणमा व्यस्त छन् । सोही क्रममा उनी बुधबार पत्नी कोमल र दुई नातिनीसहित देवघाट पुगेका छन् । त्यहाँ उनले स्नान गर्नुका साथै राजवादीहरुसँग भेटघाट समेत गरेका छन् ।
उनलाई देवघाटमा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले स्वागत गरेको राप्रपा चितवनका युवा नेता सुलोभ सिग्देलले जानकारी दिए ।







