नेपाललाई दोस्रो झड्का, अनिल शाह आउट

२०८० फाल्गुन ३, बिहीबार

काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ। टस हारेर  बलिङ गरेको नेपालको दोस्रो विकेट गएको हो।

नामिबियाका रुबेन ट्रम्पलम्यानले अनिल साहलाई आउट गराएका हुन्। साहले ६ बलमा १ चौकासहित ८ रन बनाएर बाहिरिए। त्यस अगाडि ट्रम्पलम्यानले नै नेपालका कुशल भुर्तेललाई पहिलो बलमै आउट गराएका थिए।

आजको खेलमा देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख र सूर्य तामाङ बेञ्चमा बसेका छन्। घरेलु मैदानमा भएको अघिल्लो भेटमा नामिबियालाई दुवै खेलमा नेपालले हराएको थियो।  एक दिवसीय विश्वकप खेलेर आएको नेदरल्यान्ड्स र जिम्बावेलाई पछि पारेर टी-२० विश्वकपमा छनोट भएको नामिबिया नेपालका लागि चुनौती रहेको छ। नामिबिया पनि नेपाललाई पराजित गरेर सुख सुरुवात गर्ने लक्ष्य लिएको छ।

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार