बुटवल : १० जनाको ज्यान जानेगरी कपिलवस्तुको सुरही पुल नजिक भएको बस दुर्घटनाका मृतक सबैको पहिचान खुलेको छ। कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बुधबार राति साढे १२ बजेतिर बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा रौतहट औरही नगरपालिका वडा नम्बर ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेको खुलेको छ।
कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर १ का २७ वर्षीय राहुलराम कामी, सोही नगरपालिका वडा नम्बर ४ का २४ वर्षीय उमेश भण्डारीको पनि दुर्घटनामा मृत्यु भएको छ। त्यस्तै, भीमदत्त नगरपालिक १६ कि सञ्जु थापा, भिमदत्त नगरपालिका नै बस्ने खगेश्वरी खाती, सोही नगरपालिका वडा नम्बर २ बस्ने सुदिप भट्टको पनि पहिचान खुलेको छ।
मृत्यु हुनेमा पुनर्वास नगरपालिका किसन भट्ट, त्यही नगरपालिका वडा नम्बर ९ बिसफाटा बस्ने विमलादेवी भट्टको दुर्घटनामा ज्यान गएको कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए। महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट झन्डै दुईसय मिटर तल खोलामा खसेको थियो।
दुर्घटनामा ३० जना घाइते भएका छन्। त्यसमध्ये ९ जनालाई उपचारका लागि बुधबार राति नै बुटवल रिफर गरिएको थियो। पाँच जनाको स्थानीय आधारभुत अस्पतालमा उपचार भइरहेको छ भने ६ जना सामान्य उपचारपछि घर फर्किएका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए। अन्य १० जना घाइतेको कपिलवस्तुकै सन्जिवनी अस्पतालमा उपचार भइरहेको र उनीहरुमध्ये पनि अवस्था गम्भिर भएकाहरुलाई अन्यत्र रिफर गर्ने प्रक्रियामा रहेको पौडेलले बताए।
मध्यरातमा दुर्घटना भएको र प्रहरीलाई राती साढे १ बजेमात्र जानकारी भएकोले घाइते र मृतक ४० जनाको उद्धार गरी अस्पताल पुर्याउन नै धेरै समय लागेको प्रहरी उपरीक्षक पौडेलले बताए।
घाइते हुनेहरूको पहिचान खुलेको छ।
ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोक बहादुर कार्की, बस चालक कन्चनपुर भिमदत्त नगरपालिका ४ वस्ने वर्ष ४० का पूर्णबहादुर चन्द, कैलाली बेलडाँडी नगरपालिका– १ वस्ने वर्ष २४ को महेश सुनार, बाँके राप्ती सोनारी गाउँपालिका–२ का वर्ष २३ का सुशील कुँवर, गुल्मी मालिका गाउँपालिका– ७ बस्ने वर्ष २९ को अर्जुन कार्की, कञ्चनपुर भिमदत्त नगरपालिका–१८ वस्ने वर्ष २८ को सन्तोष चौधरी, सहचालक कन्चनपुर भिमदत्त नगरपालिका– १८ वस्ने वर्ष ३५ को केशव हमाल, बैतडी मेनौली नगरपालिका–१ बस्ने वर्ष २२ को राजेश दयाल, कन्चनपुर भिमदत्त नगरपालिका– १ बस्ने बर्ष १८ को नितेश सुनार घाइते छन्।
त्यस्तै गोरखा शहीद लखन गाउँपालिका–७ वस्ने वर्ष ३० को मनोज विक, दार्चुला शैलेस शिखर नगरपालिका–३ दार्चुला वस्ने वर्ष २४ को नविन भट्ट, कन्चनपुर भिमदत्त नगरपालिका–१४ वस्ने वर्ष ३३ की गिता कुँवर उनको छोरा वर्ष १२ को नविन कुँवर, ओखलढंगा झारपुर गाउँपालिका वडा नं नखुलेको वर्ष १९ को बिसन भुजेल, कञ्चनपुर शुक्ला फाटा नगरपालिका ११ वस्ने वर्ष ३१ को मोहन सिङ लोहार, काठमाडांै महानगर पालिका– ३ वस्ने वर्ष ४१ को अनिल तन्डुकार छन्।
कन्चनपुर भिमदत्त नगरपालिका १६ वस्ने वर्ष ५४ की नारायणी थापा, त्यही ठाउँ बस्ने वर्ष २८ को दिपेन्द्र बोहोरा, कैलाली लम्किचुहा नगरपालिका–१ वस्ने वर्ष २७ की रेखा आचार्य, कन्चनपुर भिमदत्त नगरपालिका –१८ वस्ने वर्ष ४१ की शान्ति सिंह, कैलाली गेरुवा गापा ४ वस्ने वर्ष ३२ को गणेश काफ्ले, उनकी श्रीमती वर्ष २७ कि रेखा आचार्य, उनकी छोरी वर्ष ३ कि श्रृष्टि काफ्ले, भारत उत्तर प्रदेश मुद्राबास वस्ने बर्ष ३५ को मोहमद रिजन, सोही ठाउँ बस्ने वर्ष ५४ को अनिस मनियार, धादिङ सिप्ले गापा–२ वस्ने वर्ष २५ को कृष्ण नेपाली, कञ्चनपुर भीमदत्त नगरपालिका १९ बस्ने वर्ष २० को सुमन विष्ट, कन्चनपुर भीमदत्त नगरपालिका–१ वस्ने वर्ष २० को मनोज सिंह धामी सोही ठाउँ बस्ने वर्ष २० को अशोक सिंह, कञ्चनपुर भीमदत्त नगरपालिका–४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पाल रहेको प्रहरीले जनाएको छ।





