जनकपुरधाम : सिरहाको लहानमा ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर एक किशोरले नाबालिग बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
लहान नगरपालिका २ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादवले १५ वर्षीया नाबालिगलाई बलात्कार गरेका हुन् । बलात्कृत बालिकाको अवस्था गम्भीर छ । बलात्कार आरोपी किशोरलाई लहान प्रहरीले पक्राउ गरेको छ । सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेका अनुसार बुधवार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेको थियो । पीडित परिवारले राति १२ बजेमा घटनाबारे जानकारी गरायो । लगत्तै प्रहरीले आरोपी अरुणलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी प्रवक्ता पाण्डेले बलात्कृत बालिकाको अवस्था अहिले सामान्य रहेको कुरा उनकै आफन्तले बताएको जानकारी दिए । उनले भने, ‘अरुणले बालिकालाई ललाइफकाई कोठामा लगेको थाहा पाएको छु । थप अनुसन्धान भइरहेको छ ।’





