काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बनाएको हो ।
निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई–दुई रूपैयाँ बढेको जानकारी दिएको छ । निमगका अनुसार खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ ।






