रविनाले छाडेको ‘सुसाइड नोट’ फेला, बच्चाहरुले दुःख पाउने भए भनेर सँगै लिएर गएँ

२०८० फाल्गुन ४, शुक्रबार

काठमाडौँ : ललितपुरमा छोराछोरीको हत्यापछि हामफालेर आत्महत्या गरेकी रविना महर्जनको ‘सुसाइड नोट’ भेटिएको छ ।

शनिवार महालक्ष्मी नागरपालिका–३ इमाडोल स्थित ओचुहाइटमा दुई नाबालकको हत्या गरेर ३६ वर्षीया रविना आफ्नो घरको तेस्रो तलाबाट हामफालेकी थिइन् । ६ वर्षीय छोरा अश्वेत र दुई वर्षीया छोरी रिवालाई रविनाले हत्या गरेपछि आत्महत्या रोजेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविनाले छाडेको सुसाइड नोटमा लेखिएको छ– ‘बच्चाहरुले दुःख पाउने भए भनेर सँगै लिएर गएँ ।’ आफ्ना श्रीमान र दिदीलाई प्रमाणको रुपमा म्यासेन्जरमा सुसाइड नोट पठाएको रविनाले उल्लेख गरेकी छन् ।’

घटनास्थलमा सुसाइड नोट फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरिक्षक नवराज कार्कीले बताए । कार्की भन्छन्– ‘नोट फेला परेको छ, त्यसबारे हामी अनुसन्धान गर्दैछौं ।’ एक पेज लामो नोटमा रविनाले आफूले एक्लै संसार छाड्न नसेकेको उल्लेख गर्दै भनेकी छिन्– ‘कसैसँग गुनासो र दोष छैन । मैले स्वनिर्णय गरेको हुँ ।’  रविनाले थप लेखेकी छन्– ‘जिन्दगी सोचेजस्तो भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार