एमालेका केन्द्रीय सदस्य महर र फारुकीको राजीनामा स्वीकृत

२०८० फाल्गुन ४, शुक्रबार

काठमाडौँ : नेकपा एमालेका दुई जना केन्द्रीय सदस्यले पार्टीबाट राजीनामा दिएका छन् ।

केन्द्रीय सदस्य सिराज अहमद फारुकी र ऐन महरले पार्टीमा दिएको राजीनामा स्वीकृत समेत भएको छ । बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले महर र फारुकीले दिएको राजीनामा स्वीकृत गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । महर र फारुकी विभिन्न काण्डमा मुछिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार