ईन्द्रसरोवरमा विपद् व्यवस्थापन वेश स्थापना

२०८० फाल्गुन ४, शुक्रबार

हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ स्थित हेभी नजिकै सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन वेश स्थापना गरेको छ ।

ईन्द्रसरोवर तालसँगै, हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको राजमार्गमा हुने दुर्घटनामा उद्धार, मनसुनजन्य प्रकोप तथा अन्य विपद् न्यूनीकरण र शान्ति सुरक्षालाई दृष्टिगत गरी वेश स्थापना गरिएको हो । सशस्त्र प्रहरी बल १४ नम्बर गणका प्रमुख अनिल कार्कीले इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका र भीमफेदी गाउँपालिकालाई लक्षित गरेर सशस्त्र प्रहरीले विपद् व्यवस्थापन वेश स्थापना गरेको जानकारी दिए । विपद् व्यवस्थापन वेशमा सशस्त्र प्रहरी बलबाट आवश्यक सामग्री र विपद् तालिम प्राप्त जनशक्ति व्यवस्थापन गरिएको छ ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक लक्ष्मणबहादुर सिंहको उपस्थितिमा भएको वेश स्थापना कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले पालिकामा भएका विपद् उद्धारका सामग्री हस्तान्तरण गरेका थिए । उक्त विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २२ जना सशस्त्र प्रहरी रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार