महिला लघुवित्तको साधारण सभा फागुन २७ गते

२०८० फाल्गुन ४, शुक्रबार

काटमाठौं : महिला लघुवित्तले फागुन २७ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभा हिमालय दृश्य रिसोर्ट धुलिखेलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले संस्थापक सेयरधनीबाट ४ जना सञ्चालक निवार्चन गर्नेछ । सभामा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

सभामा आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार