घुससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका नासुलाई कैद र जरिवाना

२०८० फाल्गुन ४, शुक्रबार

काठमाडौं : वैदेशिक रोजगारसम्बन्धी मुद्दाका पक्षसँग घुस मागेको आरोप लागेका वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे दोषी ठहर भएका छन् ।

विशेष अदालतले शुक्रबार फैसला गर्दै पाण्डेलाई ३ महिना कैद र ३० हजार रूपैयाँ बिगो तथा बिगो बमोजिम जरिवाना सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाण्डेलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो ।

मुद्दाको मिलापत्रपछि बैंक रोक्का फुकुवा गर्ने सम्बन्धमा घुस मागेको पाण्डेमाथि अभियोग थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार