टिपर दुर्घटनामा परी दुई जना घाइते

२०८० फाल्गुन ४, शुक्रबार

हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा टिपर दुर्घटनामा परी चालकसहित दुई जना घाइते भएका छन्।

मकवानपुरगढी गाउँपालिका २ शिखरकटेरीस्थित भित्री  सडकखण्डमा शुक्रबार सुकौराबाट शिवम् सिमेन्ट उद्योगतर्फ आउँदै गरेको ना. ५ ख ३००५ नं. को ढुङ्गा बोकेको टिपर आफै अनियन्त्रित भई दुर्घटना भएको हो। टिपर दुर्घटनामा परी टिपरका चालक मकवानपुरगढी गाउँपालिका ८ बुढीचौरका अन्दाजी ३० वर्षीय सञ्जय स्याङतान र टिपरमा सवार वडा नं. ६ डुम्म्रेकुनाका करिब ४२ वर्षीय सूर्य घलान घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार दुवै जनाको हेटौँडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार