आफ्नै साथीले हानेको गोली लागेर शिकारीको मृत्यु

२०८० फाल्गुन ५, शनिबार

दाङ : आफ्नै साथीले हानेको गोली लागेर शिकारीको ज्यान गएको छ । हापुरेको होसिरे जंगलमा शिकार खेल्न गएका बबई ४ ठाटी खोला २४ वर्षीय तेजलाल खत्रीको गोली लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार घटना शुक्रबार मध्याह्न १२ बजे भएको र प्रहरीले राति ८ बजे मात्रै खबर पाएको थियो । मृतकको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । शिकार खेल्न गएका सबै एकाघरका हुन् । तेजलालको मृत्युभएपछि शिकार खेल्न गएका अरू सबै १० जना फरार छन् ।

फरार भएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार