सुलीकोट : गोरखामा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् ।
बारपाक सुलीकोट गाउँपालिका– ४ रन्चोकमा शनिबार अपरान्ह साढे १२ बजे शुकबहादु गुरुङ र शुकपाल गुरुङको घर जलेर पूर्ण रुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्याल गोरखाका प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगलागी भएको ढिलागरी खबर आउन साथ घट्नास्थलमा पुगेर प्रहरी र स्थानीयले तीन घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगो नियन्त्रणमा लिएता पनि दुई घर जलेर पूर्ण रुपमा क्षति भएको उनको भनाइ छ ।
आगोलागीबाट १७ लाख रुपियाँ क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । आगलागीबाट दुई घरमा रहेको नगद धनमाल, कागजपत्र, लत्ताकपडा अन्नपात जलेर नष्ट भएको हो । आगालागी के कति कारणले लाएको हो अहिलेसम्म खुल्न सकेको छैन ।





