खाजा पसलमा वेश्यावृति गराएको आरोपमा दुई पक्राउ

२०८० फाल्गुन ६, आईतवार

काठमाडौं : खाजा पसलमा वेश्यावृति गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं–४, धुम्बाराहीकी ४० वर्षीया सीताकुमारी खत्री र कागेश्वरी मनोहरा–८ का २८ वर्षीय नैनराज कठेत छन् । खत्री धुम्बाराहीमा राई किराना पसल संगै नाम नराखी खाजा घर सञ्चालन गर्दै आएकी थिइन् । त्यहाँ विभिन्न महिलाहरुलाई परिबन्धमा पारेर बेश्यावृत्ति गराएको आरोपमा उनलाई प्रहरी वृत्त, महाराजगञ्जले पक्राउ गरेको हो ।

दुवैलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएर थप अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार