‘डीएसपी हुँ’ भनेर चालकलाई धम्क्याउने पुरुष छलफलपछि रिहा

२०८० फाल्गुन ७, सोमबार

काठमाडौँ : काठमाडौँको लाजिम्पाटस्थित सांग्रीला होटेलको मोडमा विपक्षी चालकसँग ‘विवाद’ गर्ने पुरुषलाई प्रहरीले झिकाएर छलफल गराएको छ ।

प्रहरी वृत्त दरबारमार्गमा धनगढी घर भएका प्रवीण श्रेष्ठ र विपक्षी चालकलाई प्रहरीले विवादबारे छलफल गराएको हो । शनिवार साङ्ग्रिला होटेलको मोडमा गाडी घुमाउने क्रममा विवाद हुँदा प्रवीण श्रेष्ठले ‘डीएसपी’ हुँ भन्दै अर्का चालकलाई अश्लील गालीगलौज गरेका हुन् । कुलेश्वर बस्दै आएका एक युवकलाई श्रेष्ठले गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

त्यसबारे दुवै पक्षलाई राखेर छलफल गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । ति अधिकृत भन्छन्–‘छलफलपछि उहाँहरु मिलापत्र गरेर जानुभएको छ ।’ प्रहरीको अनुसन्धानबाट प्रवीण श्रेष्ठ डीएसपी नभएको खुलेको छ । घटनाबारे जानकार प्रहरी वृत्त दरबारमार्गका एक जना अधिकृत भन्छन्,‘उहाँ प्रहरी होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार