विषाक्त सिनो खाएर पाँच गिद्ध मरे

२०८० फाल्गुन ७, सोमबार

नवलपरासी : पूर्वी नवलपरासीमा साेमबार विषाक्त सिनो खाँदा पाँच जिउ गिद्ध मरेका छन्।  कावासाेती नगरपालिका ११ लाेकाहा खाेला किनार खेतमा मरेको स्यालको सिनो खाएका गिद्धहरू मरेको स्थानीयले बताए ।

मरेका गिद्धहरूमा ४ वटा डङ्गर र १ हिमाली प्रजातिका रहेको स्थानीय जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष डिबी चाैधरीले बताए ।त्यस्तै घाइते अवस्थामा भेटिएका ६ डङ्गर र १ सुन प्रजाति गिद्ध मध्ये एउटा डङ्गरकाे अवस्था गम्भीर  रहेको बताइएको छ ।

घटना स्थलमा दुई वटा स्यालको सिनो भेटिएको र स्यालले विषाक्त आहार खाएर मरेपछि सोही सिनो खादा गिद्धहरू मरेको आशंका गरिएको छ ।घाइते गिद्धहरूकाे जटायु रेस्टुरेन्टमा लगेर थप उपचार गरिने तथा मरेका गिद्धलाई मंगलबार पोस्टमार्टम गरी  पुरिने भएको छ । स्थानीय नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रमा संरक्षित गिद्धहरू करिब ३ किमि उत्तर पूर्वको लाेकाहा खाेलामा भेटिएको सिनो खान आउँदा सो दुर्घटनामा परेका हुन् ।

लाेपाेन्मुख गिद्ध प्रजातिको विषाक्त सिनोकै कारण पटक पटक मृत्यु भई रहँदा स्थानीय जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति लगायत संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार