देशभरका लघुवित्त पीडितहरु काठमाडौंमा

२०८० फाल्गुन ८, मंगलवार

काठमाडौं : देशभरका लघुवित्त पीडितहरू काठमाडौं आइपुगेका छन्। उनीहरुले न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै काठमाडौं प्रवेश गरेका हुन्।

काठमाडौंमा मंगलबार प्रदर्शनका क्रममा आन्दोलनमा सहभागी रोल्पाका गगन विश्वकर्माले लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको हुनाले आन्दोलन गर्नुपरेको बताए। ‘लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको हुनाले कसैलाई घरबार विहीन बनाए, कसैलाई जग्गा लुटेर बैंकमा लुटपाट गराइदिने, बढी चर्को ब्याज असुलेका छन्। बढी पीडितलाई दबाब दिएकाले आन्दोलन गरेका हौँ।’ उनले भने।

लघुवित्तीय संस्थाविरुद्धको सङ्घर्ष समितिले बुधवारबाट काठमाडौं लक्षित आन्दोलन गर्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार