केपी ओली कप प्रचार कार्यको नौलो शैली

२०८० फाल्गुन ९, बुधबार

काठमाडाैं : राष्ट्रिय युवा संघ नेपालको आयोजनामा यही फागुन ११ गतेबाट संचालन हुने केपी ओली कप फुटबल प्रतियोगिताको प्रचार प्रसार कार्यलाई तिव्रताका साथ अगाडि बढाइएको छ।

 

प्रचारको क्रममा रचनात्मक विभागले आम युवा विद्यार्थीहरु जमघट हुने स्थानहरु, सपिङ मलहरु, कलेज एरिया लगायतका स्थानहरुमा फुटबल सम्बन्धी प्रश्नोत्तर गर्ने, रमाइलो ढंगले मिनि पोस्ट बनाई गोल गर्न लगाउने, सही उत्तर दिने र गोल गर्नेलाई केपी ओली कपको फ्रि पास र केपी ओली कपको लोगो अंकित आकर्षक मग लगायतको गिफ्ट ह्यम्परहरु प्रदान गरिनुको साथै खेल हेर्नको लागि निमन्त्रणा गरिएको छ।

 

उक्त कार्यमा युवाहरुको उत्साह जनक सहभागीता रहेको छ। केपी ओली कप हेर्न सहभागी हुने प्रतिबद्धता समेत जनाउने गरेको पाइएको छ। प्रचारको क्रममा देशै भरिका ७७ वटै जिल्लाका मुख्य मुख्य केन्द्रहरुमा संघका शाखा कमिटीहरुले केपी ओली कपको प्रचार ब्यानरहरु राखिएको छ।

 

राष्ट्रिय युवासंघ नेपालका रचनात्मक विभाग प्रमुख चिन लामाको अनुसार सम्पूर्ण खेल प्रेमी तथा आम युवाहरुमाझ केपी ओली कपको सन्देश पुर्याउने उद्देश्यले रचनात्मक ढंगले यस्तो खालको कृयाकलापहरु गरिएको बताए। प्रतियोगिता यही फागुन ११ देखि १९ गते सम्म एन्फा कम्प्लेक्स सातदोबाटो र दशरथ रंगशाला त्रिपुरेश्वरमा आयोजना हँदैछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार