पहिलो १० ओभरमा नेपालले गुमायो तीन विकेट

२०८० फाल्गुन ९, बुधबार

काठमाडौं : आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबिया विरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। नेपालले तेस्रो विकेटका रूपमा देव खनाललाई गुमाएको हो।

यू-१९ राष्ट्रिय टोलीका कप्तान समेत रहेका उनले खातासम्म खोल्न सकेनन्। आठौँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ४३ रन बनाएको थियो। त्यसअघि अनिल शाह र कुशल भुर्तेललाई नेपालले गुमाएको थियो।

अनिल शाह पनि आज शून्यमा आउट भए। भुर्तेलले १६ बलमा १८ रन बनाएर आउट भए। नेपालले १२ ओभरको खेल सकिँदा ७१ रन बनाएको छ। आशिफ शेखले ३६ रन बनाएका छन् भने मल्लले १५ रन बनाएका छन्। बिहान भएको टसमा नेपालले हारेर ब्याटिङको निम्तो पाएको थियो। यसअघिको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार