काठमाण्डौ : सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित म्यारिएट होटलमा‘बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔें ’योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
‘बिदेशबाटसिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजनाअन्तर्गत मेगा बम्पर उपहार साउदी अरब बाट रेमिटान्स पठाउने राजु तामाङलाई ५ लाख ३० हजार ७५० रुपैयाँ र कोरिया बाट रेमिटान्स पठाउने सुबाश लिम्बुलाई रु १ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदी स्थित टेलिमनी बैंकबाटफाहाद अब्दुल्लाह अल्जोवैद , नेपाली चर्चीत हास्य कलाकार साथै सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिती रहेको थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखी मङ्सिर १५ गते सम्म चल्ने गरी दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ६१ दिन सम्म चल्ने ‘बिदेशबाटसिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’उपहार योजना घोषणा गरेको थियो ।
सोही योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही रु १ लाख , हरेक हप्ता ५ जनालाई जनही रु २५ हजार साथै ६१ दिनलगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत ६ हजार १०० जनाले दैनिक उपहार रु ५०० को वालेट टप् अप),४५ जनाले साप्ताहिक उपहार ( जनही रु २५ हजार) र २ जनाले मासिक उपहार (जनही रु १ लाख ) जित्न सफल भईसकेको कम्पनीले जनाएको छ ।
उक्त योजनाअसोज १५ देखी मङ्सिर १५ गते सम्म चलेको थियो ।