प्रचण्ड व्यस्त भएपछि माओवादीको स्थायी कमिटी बैठक स्थगित

२०८० फाल्गुन ११, शुक्रबार

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । नेताहरुको जिम्मेवारी हेरफेरको लागि दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारणले बैठक स्थगित भएको हो ।

उनले भने, ‘अध्यक्षज्यूको कार्यव्यस्तताको कारणले आज बस्ने भनिएको बैठक स्थगित भएको छ । अब आइतबार बिहान ११ बजे पार्टी कार्यालयमै बैठक बस्छ ।’ उनका अनुसार आजको बैठकमा पदाधिकारीसहित नेताहरुको जिम्मेवारी हेरफेर गर्ने कार्यसूची थियो ।

उनले भने, ‘हिजोको बैठकमा अभियानबारे समीक्षा र तराई मधेश अभियानको घोषणा भयो । कार्यविभाजनको बारेमा छलफल गर्ने समय पुगेन । अब आइतबार बस्ने बैठकले टुंग्याउँछ ।’ माओवादीको हिजोको बैठकले काम गर्ने नेताहरुलाई सम्मान र नगर्नेलाई सजाय गर्ने घोषणा गरेको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार