बालुवाटारमा लघुवित्त पीडित र प्रहरीबीच झडप, दर्जनौँ घाइते

२०८० फाल्गुन ११, शुक्रबार

काठमाडौँ : लघुवित्त पीडित र प्रहरीबीच बालुवाटारमा झडप भएको छ । बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउन गर्न गएका पीडितहरूलाई प्रहरीले हस्तक्षेप गर्दा झडप भएको  हो ।

सिफल चौधरबाट मार्चपास गर्दै बालुवाटार पुगेका हजारौंको सङ्ख्यामा रहेका पीडितहरूले निषेधित क्षेत्र तोडेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्याँस प्रहार गरेको थियो । झडपबाट दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् भने प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ।

विभिन्न जिल्लाबाट मुग्लिङमा भेला भएका उनीहरू मुग्लिङबाट सात दिनको पैदल यात्रा गर्दै काठमाडौँ आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार