अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने २ जना उपकरणसहित पक्राउ

२०८० फाल्गुन ११, शुक्रबार

काठमाडौं : अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) गरेको आरोपमा २ जना उपकरणसहित पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पर्साको मधुवनका ३७ वर्षीय विशाल शाह कलवार र रुपन्देहीका २५ वर्षीय इमरान अहमद खानलाई पक्राउ गरेको हो । उनीहरुलाई पोखराबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार उनीहरुको साथबाट भीओआईपी पोर्ट २ वटा, वर्ल्डलिंक राउटर एउटा, एनसेलका प्रयोग नभएका सिम २०९ वटा बरामद गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार