१४ सय रियालमा नेपाली महिला ओमान लगेर बेच्ने बुढाथोकी पक्राउ

२०८० फाल्गुन ११, शुक्रबार

काठमाडौं : वैदेशिक रोजगारीको प्रलोभन देखाएर एक महिलालाई दुबई हुँदै ओमानमा लगेर बेच्ने एक जना पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान व्युरोले बाँके घर भई टोखा बस्ने ६५ वर्षीय प्रकाश सिंह बुढाथोकीलाई पक्राउ गरेको हो।

बुढाथोकीले पीडित महिलालाई कुवेत भन्दै गत फागुन १७ गते भिजिट भिसामा दुबई पठाएका थिए। दुबई पुगेकी पीडित महिलालाई एक महिनासम्म बन्धक बनाइएको र त्यसपछि १४०० रियालमा ओमानमा लगेर बेचेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ। ओमानमा लगी पीडित महिलालाई शारीरिक तथा मानसिक यातना दिने गरेको प्रहरीले जनाएको छ। ती महिलालाई ओमानी नागरिकको घरमा १८-२० घन्टासम्म बिना ज्याला काममा लगाउने गरेको पाइएको प्रहरीको भनाइ छ।

व्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले बुढाथोकीले मेडिकल गराई दुबईको टिकेट काटेर भिजिटि भिसामा पठाएको पाइएको छ। दुबईबाट भिजिट भिसाको दुरुपयोग गरी ओमानमा ती महिलालाई बेचिएको प्रहरी उपरीक्षक फुयालले बताए।

बुढाथोकीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार