काठमाडौँ : अनेरास्ववियुमा आबद्ध विद्यार्थीले लैनचौरस्थित अस्कल क्याम्पसबाहिर मसाल जुलुस निकालेका छन्।
सत्ता गठबन्धननिकट विद्यार्थीले आफ्ना नेताहरूमाथि कुटपिट गरेको भन्दै अनेरास्ववियुको अगुवाइमा शनिबार मसाल जुलुस निकालेका हुन्।शुक्रबार साँझ अखिल नेता कमल जोशीमाथि कुटपिट भएका थियो। सोही कुटपिटको विरुद्धमा मसाल जुलुस निकालिएको हो।
अनेरास्ववियुले अखिल क्रान्तिकारीका विद्यार्थीले आफ्ना नेतामाथि कुटपिट गरेको आरोप लगाएका छन्।





