चौरासी पूजामा विद्यालयलाई ६ लाख सहयोग

२०८० फाल्गुन १३, आईतवार

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–४, स्थित छाप्सीबाङ घर भएर हाल पोखरा निवासी दलबहादुर घर्ती मगर पुन र उनकी श्रीमती भानुदेवी दम्पती परिवारले चौरासी पूजाको अवसरमा सोही वडाको एक विद्यालयलाई ६ लाख बढी आर्थिक सहयोग गरेका छन् ।

चौरासी पूजाको अवसरमा दलबहादुर दम्पती परिवारले सोही वडाको च्युरिबोटस्थित सिद्धार्थ माविलाई ६ लाख १० हजार रुपियाँ सहयोग गरेका हुन् । आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच सो रकम दलबहादुर दम्पती परिवारले विद्यालयका प्रअ ललितबहादुर घर्ती मगर, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेशमबहादुर पुन र निवर्तमान अध्यक्ष तमबहादुर पुनलाई सामूहिक रूपमा हस्तान्तरण गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार