काठमाडौं : डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।
दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको पाइएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले गुरुङलाई पक्राउ गरेको हो । अनुसन्धानमा विमानस्थलमा १४ किलो सुनसहित पक्राउ परेका चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई जीवनकुमारले परिचालन गरेको खुलेको थियो ।
पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए ।





