काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले बालकुमारी घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद चौधरीले बालकुमारी घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्। ‘प्रतिवेदन सांसदहरुले पढ्न पाउनुपर्छ। प्रतिवेदनमा मन्त्री प्रकाश ज्वालाको कमजोरी देखिएमा मन्त्री ज्वालाले आधा सेकेण्डमा राजीनामा दिनुहुन्छ।’ उनले भने।
उनले मन्त्री ज्वालाको राजीनामा सन्दर्भमा पार्टीभित्र कुनै छलफल नभएको बताए।





