टेरामक्स घोटाला प्रकरणको प्रश्न सोध्दा पत्रकारसँग झोक्किए स्वास्थ्य मन्त्री

२०८० फाल्गुन १४, सोमबार

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत टेरामक्स घोटाला प्रकरणको विषयलाई लिएर पत्रकारमाथि आक्रोशित पोखेका छन् । सोमबार संसद् बैठकपछि सो प्रकरणबारे जिज्ञासा राख्दा बस्नेत आक्रोशित हुँदै ‘तपाईं कहाँको पत्रकार हो ?’ भन्दै प्रतिप्रश्न समेत गरेका हुन् ।

पत्रकारहरूले सो प्रकरणमा मुछिएका तपाईंले नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिनुपर्ने हो नि ! भन्दै जिज्ञासा राखेका थिए । मन्त्री बस्नेत भने ‘केको नैतिकता ?’ भन्दै पत्रकारमाथि खनिए । ‘कसैले रिस उठेर उजुरी गर्‍यो भन्दैमा प्रमाणित नभईकन केको नैतिकता हुन्छ ?,’ मन्त्री बस्नेतको आक्रोश थियो ।

उनले एमालेले संसद्मा आफ्नो राजीनामा माग गरेर ‘पुङ न पुच्छर’को कुरा गरेको टिप्पणी गरे । मन्त्री बस्नेतले आफूले कलबाईपास घोटाला नियन्त्रण गर्नका लागि सो प्रविधिको खरिद प्रक्रिया अघि बढाउन सहमति दिएको पनि बताए । उनले सो प्रकरणमा आफूले गल्ती नगरेको जिकिर गर्दै आफूमाथि उजुरी दिनेको नाम पनि समय आएपछि सार्वजनिक गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार