काठमाडौँ : नामिबियाविरुद्ध नेपालले तेस्रो सफलता प्राप्त गरेको छ। त्रिदेशिय टी–२० श्रृङ्खला अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले तेस्रो विकेटको रुपमा नामिबियाका जेन फ्रैङ्कलिनलाई आउट गरेको हो।
उनलाई नेपालका कप्तान रोहित पौडेलको बलमा आशिफ शेखले क्याच आउट गरेका हुन्। तेस्रो नम्बरमा ब्याटिङ्ग गर्न आएका जेन ५ रन बनाएर पवेलियन फर्केका छन्। हालसम्मको अवस्थामा नामिबियाले निर्धारित २० ओभरमध्य १२ ओभरको खेल सकिँदा ८२ रन बनाएर खेलिरहेको छ।





