आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिइँदै

२०८० फाल्गुन १५, मंगलवार

काठमाडौँ : वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पणका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान राखिएको छ। उनको शवलाई श्रद्धाञ्जली अर्पणका लागि अहिले काठमाडौंको सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको हो।

अन्तिम संस्कार गर्नु अघि अहिले आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रतिष्ठानमा राखिएको छ। गीत सङ्गीत क्षेत्रका व्यक्ति तथा शुभेच्छुकहरुले उनको पार्थिब शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। भजन शिरोमणि आचार्यको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार